चीनविरुद्ध नेपालको ११ बलमा जित, अंकतालिकामा नेपाल शिर्ष स्थानमा 

खरीबोट

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चीनविरुद्ध १० विकेटको जित हासिल गरेको छ।

आज भएको प्रतियोगिताको पाचौ खेलमा नेपालले चीनले दिएको २७ रनको लक्ष्य ११ बलमा पुरा गरेको हो।  नेपालका लागि बिनोद भण्डारीले ८ बलमा २४ रन बनाए भने प्रदीप सिंह ऐरीले ४ रन बनाए।

नेपालले प्रतियोगितामा लगातार पाचौ खेलमा जित हासिल गर्दै १० अंकसहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने नेपाल टि-२० विश्वकप छनौट एसिया (पूर्वी) क्षेत्रबाट अर्को चरणका लागि छनौट समेत भएको छ। 

यस खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले चीनलाई २६ रनमा समेटेको थियो। चीनलाई १३ ओभरमा २६ रनमा अलआउट गर्ने क्रममा सन्दीप लामिछाने ३ विकेट लिएका थिए।  सन्दीपले ४ ओभरमा एक मेडनसंगै ४ रन दिएर ३ विकेट लिएका छन्।  सन्दीपले प्रतियोगितामा ५ खेलमा कुल २० विकेट लिदै प्रतियोगितामा अहिलेसम्म सर्वाधिक विकेट लिएका छन्। 

त्यस्तै नेपालका लागि बसन्त रेग्मीले पनि ३ विकेट लिएका थिए । बसन्तले ४ ओभरमा एक मेडनसहित ५ रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै ललित राजबंशीले ३ विकेट लिएका थिए। ललित राजबंशीले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।  नेपालले एक विकेट रन आउट गरेको थियो।     

खेलको म्यान अफ द म्याच नेपालका सन्दीप लामिछाने बनेका छन्।  

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । 

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

चीनसँगको यस खेलमा नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), अनिलकुमार साह, विनोद भण्डारी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीपसिंह ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर रहेका थिए । 

नेपालले अब अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । 

सम्बन्धित समाचार

नेपाल टि-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौट प्रतियोगिताको च्याम्पियन 

काठमाडौँ। नेपाल आईसीसी टि-२० विश्वकप एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ। प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँगको खेल वर्षाले बाधा पुर्याएपछि नेपालले सिंगापुरले एक एक अंक बढ्दै प्रतियोगितामा अपराजित भएका

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान  

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएर  बलर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नयाँ किर्तिमान बनाएका छन्।  प्रतियोगितामा सन्दीपले ६ खेलमा कुल

सिंगापुर ८१ रनमा अल आउट, सन्दीपले लिए ४ विकेट 

काठमाडौँ । मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग सिंगापुरले १७.३ओभरमा अल आउट

टि-२० विश्वकपका लागि एशिया पूर्वी क्षेत्रबाट नेपाल, सिंगापुरसँगै आयोजक मलेसिया छनौट 

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आयोजक मलेसिया टि-२० विश्वकपको दोस्रो चरणको एशिया छनौटका लागि छानिएको छ।  आज भएको अन्तिम खेलमा चीनलाई १० विकेटले पराजित गर्दै


z