केन्यामा बस दुर्घटनामा ४२ जनाको मृत्यु

खरीबोट

केन्या । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए ।

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा सांसद पक्राउ

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ ।  गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको

केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत

नैरोबी । केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो

केन्यामा हुने भनिएको टी-२० सिरिजको मिति सर्यो 

काठमाडौं । केन्यामा नेपालसहित ८ टिमका बिच हुने भनिएको टी-२० क्रिकेट सिरिज तोकिएको मितिमा नहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार आगामी मार्च २२ देखि ३१ सम्म


z