• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुसँग ५७ करोड लगानी गर्न प्रस्ताव

kharibot

काठमाडौं । ग्रामीण स्वावलम्बन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानी गर्नको लागि राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बंैंकले आज बुुधबार वाणिज्य बैंकहरुको नाउँमा सूचना जारी गर्दै रकम लगानीको लागि प्रस्ताव आह्वान गरेको हो । 

राष्ट्र बैैैंकका अनुसार लगानीको लागि छुुट्याएको रकममध्ये छ महिने मुद्दती निक्षेपमा ३० करोड, तीन महिने मुद्दती निक्षेपमा १५ करोड तथा कल निक्षेपमा १२ करोड रुपैयाँ रहेको छ ।

रकम लगानी गर्न चाहने वाणिज्य बैंकहरुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिने ब्याज समेत उल्लेख गरेर आगामी शुुक्रबार अपराह्न साढे एक बजेसम्म आवेदन दिनुुपर्नेछ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुपर्नेलगायतका शर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै