• २०८१ बैशाख १२ बुधबार

जमराको महत्व : स्वास्थ्यदेखि संस्कृतिसम्म !

kharibot

काठमाडौं । आजबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ । मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको स्वास्थ्यका लागि पनि उत्तिक महत्वपूर्ण छ भन्ने थाहा पाउँदा भने हामीलाई अचम्म लाग्न सक्छ । 

हरियो ताजा हुने कारणले गर्दा प्रसादको रुपमा जमरा दिने चलन विकसित भयो । जमरा जौको राख्ने गरिन्छ । जौ प्राप्त नहुँदा गहुँ र मकैको पनि राख्ने गरिएको छ । घाममा राखेको जमरामा औषधीय गुण हुन्छ । नवरात्री यमद्रष्टाको समयमा पर्ने र यो समयमा रोग लाग्ने हुँदा रोग नलाग्नको लागि जमराको रस बढी फाइदाजनक हुन्छ ।

त्यसकारण जमराको रस प्रयोग हुने भएको हो । जमरा खाने चलनचाहिँ आएन । पछि पछिल्लो समय जुसको रुपमा बढी आएको छ । कतिपयले रस खान्छन् भने सिधै पनि खान सकिन्छ । 

जमराको जुस सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउछ । विभिन्न किसिमका रोगको उपचार गराउन सक्छ जमराले । नौरथामा जमराको रस खाने कुराहरु उल्लेख नगरे पनि अहिले विश्लेषण गर्दा जमरामा रहेको त्यो औषधीय गुणको महत्व पनि बाहिर आयो । 

जमरा खानप्रति लाग्नु पर्यो । जमरामा फाइवर पाइने हुँदा जमरा स्वास्थ्यवर्धक मानिन्छ । पोषकतत्व पाइने हुँदा मुटु रोग, क्यान्सर, मधुमेहको जोखिम कम गर्ने तथा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ । पछिल्लो समय जमराको जुसलाई स्वस्थकर जुसको रुपमा प्रयोग गर्न थालिएको छ । 

क्लोरोफिन, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बि कम्प्लेक्स जस्ता विभिन्न किसिमका भिटामिनहरु लगायतका तत्वहरु यसमा पाइन्छ । जमरामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिक्यान्सर जस्ता गुण पाइन्छ । 

जौ प्रयोग घरमा नै उमारेर प्रयोग गर्न पनि सकिन्छ । आयुर्वेदिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

शरीरमा प्रोटिनको मात्रा बढाई ऊर्जा प्रदान गर्न यसले सघाउँछ । यसले रुघा, खोकी, ज्वरो जस्ता रोगसँग लड्ने प्रतिरोधी क्षमता प्रदान गर्दछ ।

खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई सहयोग गर्छ । 

मधुमेह, मुटु रोगजस्ता रोगबाट बच्न मद्दत गर्दछ, साथै तौल सन्तुलनमा राख्न पनि मद्दत गर्दछ । 

यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रा सुधार गरी रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्छ । 

जमरामा अक्सिजनको मात्रा बढी हुने हुँदा रक्तनलीलाई सफा राख्न मद्दत पुर्याउँछ । 

रत्तचापको समस्या कम गर्न पनि यसले सहयोग गर्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै