• २०८१ बैशाख १२ बुधबार

सेयरबजारमा दशैंको प्रभाव : सूचक बढे पनि कारोबार रकम घट्यो

kharibot

काठमाडौं । सेयर बजारमा दशैंको प्रभाव देखिन थालेको छ । दशैं मनाउनको अधिकांश लगानीकर्ताहरु उपत्यका छाड््ने क्रम बढेसँगै नेप्से परिसूचक बढे पनि कारोबार भने घट्न थालेको हो ।

अघिल्लो दिन दुुवै सूचक घटेको नेप्सेमा साताको चौथो कारोबार दिन आज बुुधबार दुुबै सूचक बढे पनि कारोबार रकम भने घटेको छ । नेप्से शून्य दशमलव चार अंकले बढेर १२ सय १८ दशमलव ३३ विन्दुुमा चढ्दा सेन्सिटिभ शून्य दशमलव १९ अंकले बढेर दुुई सय ५८ दशमलव ६८ विन्दुुमा चढेको छ । एक सय ६२ वटा कम्पनीहरुको चार हजार पाँच सय ३२ वटा कारोबारमा आठ लाख ५६ हजार एक सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद विक्ती हुँदा कारोबार रकम २२ करोड ६५ लाख २४ हजार छ सय ४७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक र अन्य समुहको सूचकमा सुधार देखिए पनि बाँकी आठ वटा समुहको सूचकमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समुहको सूचक दुुई दशमलव ३८ अंकले बढ्दा उत्पादनमुुलक समुहको सूचक पनि छ दशमलव १५ अंकले बढेर बढेको छ ।  

विकास बैंक समुहको सूचक भने तीन दशमलव आठ अंकले घटेर १४ सय ६१ दशमलव ६७ विन्दुुमा झर्दा ८३ लाख ९७ हजार सात सय २० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत समुहको सूचक पनि पाँच दशमलव ६१ अंकले घटेर १३ सय ६२ दशमलव ७३ विन्दुुमा झर्दा पाँच करोड दुुई लाख ४५ हजार चार सय रुपैयाँको सेयर खरिद विक्ती भएको छ । यसबाहेक निर्जिवन बीमा, लघुवित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको कारोबार सूचकमा पनि गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मेगा बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ११ पैसाले बढेर एक सय ९७ रुपैयाँमा कारोबार भएको छ भने गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको सिटी एक्सप्रेस फाईनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ४५ पैसाले घटेर एक सय चार रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावार कम्पनीको प्रतिकित्ता दुुई सय ८६ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४२ लाख २० हजार पाँच सय १९ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै