कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछि : ट्रम्प

खरीबोट

अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । संयुक्त राज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदै छ ।

दुवै नेताबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक बसेको थियो ।

सिंगापुरको पहिलो बैठकमा कीम र ट्रम्पले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति भएको थियो । उक्त बैठकमा उत्तर कोरियाली नेता कीमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गर्नुभएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचार

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ ।  ब्लु हाउसमा प्रवक्ता

७५ वर्षीया लेखिकाले लगाएको यौन उत्पीडनको आरोप ट्रम्पद्वारा अस्वीकार 

अमेरिका । न्यूयोर्क, अमेरिकाकी एक लेखिका र स्तम्भकारले अमेरिकी राष्टर्पति डोनाल्ड ट्रम्पप्रति यौन उत्पीडनको आरोप लगाएकी छन् । यद्यपि, ट्रम्पले भने यो आरोपलाई अस्वीकार गर्दै झूटो खबर भएको बताएका छन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा रक्षामन्त्री नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका


z