• २०८१ बैशाख ६ बिहीबार

मल्लले जिते काल्र्सवर्ग गल्फ सिरिज २०१८

kharibot

काठमाडौं । काल्र्सबर्ग गल्फ सिरिज २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिज सकिएको छ । तीनवटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा रहेको थियो । 

तीनवटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात गत २० गतेबाट भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो । 

पवित्र कुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बन्न सफल भए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले आफ्नो अनुभव बाँड्दै साँच्चै नै लामो बाटो तय गरेको बताए । काल्र्सवर्ग यस सिरिजको प्रायोजक सन् १९९० देखि रहँदै आएको छ भने यसले प्रतिभाशाली उदीयमान गल्फरहरुलाई मौका दिने गरेको छ ।

त्यस्तै, गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले सहभागीहरुलाई उत्साहित हुँदै धन्यवाद दिए । त्यस्तै गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले काल्र्सबर्ग गल्फसिरिज उदीयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्ने एक उत्कृष्ट मञ्च रहेको बताए । 

ककसले जिते ? 

नेट च्याम्पियन पवित्रकुमार कार्की
ग्रस च्याम्पियन पृथ्वी मल्ल
नेटविजेता पवित्रकुमार कार्की
ग्रस उप–विजेता पृथ्वीमल्ल
सिनियर विजेता एलटी जेनरल केएनएस थापा
महिलातर्फका विजेता युजीन सिम
क्लोजेष्ट टु द पिन डा. निरञ्जन शर्मा 
मोष्ट बर्डिज पृथ्वी मल्ल

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै