• २०८१ बैशाख ११ मंगलबार

वीरगञ्जमा हुण्डाईको नयाँ थ्रिएस सेन्टर 

kharibot

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले वीरगञ्जमा आफ्नो डिलर अर्किड्स मोटो कर्प प्रालिको संयोजकत्वमा नयाँ थ्रिएस सेन्टर खोलेको छ । वीरगञ्ज वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

सेन्टरको उद्घाटन बिन्देश्वर प्रसाद साह र लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि।का कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 

वीरगञ्जको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रिएस सेन्टरको शोेरुममा ३ देखि ४ वटासम्म गाडी डिस्प्ले गरिने जनाइएको छ । उत्कृष्ट तालिमप्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यसको उत्कृष्ट सर्भिससेन्टरमा प्रतिमहिना ३०० वटा सम्म गाडीलाई सेवा दिने क्षमता रहेको छ ।

प्रशस्त पार्किङ्गको व्यवस्था रहेको सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन पार्ट्स पनि उपलब्ध हुने जनाइएको छ ।  लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यकाबाहेकका ठाउँमा पनिउत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित काठमाण्डौं, पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, विराटनगर, धनगढी, इटहरी, नेपालगञ्ज र वीरगञ्जजस्ता प्रमुख सहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै