• २०८१ बैशाख १२ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सुमेरु सिटी अस्पतालमा छुट

kharibot

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पताल, ललितपुरका बीच बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । 

उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेस राज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गर्नु भएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्र्दा १० प्रतिसतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा युुएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिसत सम्मको छुट उपभोग गर्न सक्नु हुनेछ ।

सिद्धार्थ बैंकले हाल देशभर एक सय २६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ३१ वटा एटिएम र एक हजार भन्दा बढी पिओएस मेसिन  मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै