• २०८१ बैशाख ८ शनिबार

शहिद स्मारक ए डिभिजन लिग :  च्यासल र मच्छिन्द्र क्लब गोलरहित बराबर

kharibot

काठमाडाैं।  शहिद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेलेका छन् ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलको ३१औं मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाएपनि गोल गर्न असफल भएको थियो ।

राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीमगरलाई अनुबन्ध गरेको च्यासलले ३५औं मिनेटमा अर्को मौका पाएको थियो, तर विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

५४औं मिनेटमा अमिर श्रेष्ठले गरेको प्रहारलाई पनि गोलकीपर बचाए । ६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् ।

७५ औं मिनेटमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो । विमल घर्तीमगरलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई हेमन्त थापामगरले प्रहार गरेका थिए तर उनको प्रहार मच्छिन्द्रका गोलकिपर दिप कार्कीले बचाए ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र अंक बराबरी भयाे । प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । जसमा फ्रेन्ड्स क्लब र थ्रीस्टार तथा जाउलाखेल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै