• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ ७ मा हाम्रो सिट गुम्ने गरि उपचुनाव हुदैन - प्रचण्ड 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी उपचुनाव नगरिने स्पष्ट गरेका छन्। 

काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उम्मेदवार बनाएर उपनिर्वाचन गर्ने विषय बाहिर चर्चामा रहेका बेला उनले पार्टीको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।

पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले  विषयमा  कुरा भएको बताउदै प्रचण्डले पार्टीले निर्णय गर्न अझै बाँकी रहेको बताए। 

उनले भने, ‘आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं’ कार्यक्रममा उनले भने ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’

बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गाैतमलार्इ उठाउने गरी नेकपाको सचिवालय बैठकमा चर्चा भएको थियो ।

कार्यक्रममा प्रचण्डले सरकारबाट अपेक्षा अनुसारको काम नभएको स्वीकार गरे । अपेक्षा अनुसार काम हुन सकेको छैन भन्दै प्रचण्डले अहिले सरकारको समीक्षामा लागेको बताए । 

देशलाई नयाँ दिशामा लैजाने एजेन्डालाई जनताले स्वीकार गरेकोले अब देशलाई विकास र समृद्धितर्फ लैजाने सुनौलो अवसर सरकारलाई रहेको बताए। हामीले यो अवसरको सहि सदुपयोग गर्नुपर्ने बताउदै जनभावना अनुसार काम गर्न र कडा कदम चाल्नुपर्ने बताए।

चुनावका बेला योगेश भट्टराईलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाउछु भनेको र आफुहरुले सो बाचा अहिलेसम्म पुरा गर्न नसकेको बताउदै प्रचण्डले आफुहरुले सो बाचा पुरा गर्ने बताए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै