सन्दीप लामिछानेको दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक 

खरीबोट

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम 'प्रतिक्षा' को दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक गरेका छन् । 

यसअघि पहिल गीत 'उदास' सार्वजनीक गरेका सन्दीपले दोस्रो गीतमा राजन मगर र सन्दीपको शब्द रहेको छ भने संगीत राजन मगरको रहेको छ। युट्युबमा लिरिकल भर्सन सार्वजनिक गरिएको गीतमा सन्दीपको स्वर सुन्दर सुनिएको छ।

क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि अगाडी बढेका छन् । हाल टि-२० विश्वकपको एशिया पूर्वी क्षेत्रको छनौट खेल्न मलेसियामा रहेका सन्दीपले प्रतियोगितामा खेलेका ५ खेलमा २० विकेट लिएर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।

सन्दीपले प्रतियोगितामा धरै विकेट मात्र लिएका छैनन् नेपालको तर्फबाट धेरै विकेट लिने खेलाडी बन्न अब २ विकेट टाढा मात्र रहेका छन्। नेपाल पूर्वी क्षेत्रबाट एशिया स्तरको टि-२० विश्वकप छनौट खेल्न छनौट भइसकेको छ भने अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ।   

सम्बन्धित समाचार

बिग बास लिग खेल्न सन्दीप आज अस्ट्रेलिया जादै 

काठमाडाैं। नेपाली युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग खेल्न आज राति अष्ट्रेलियातर्फ प्रस्थान गर्दैछन् । काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिगमा दुई खेल खेलेर सन्दीप आज अष्ट्रेलिया जान लागेका हुन

इपिएल : चितवनमाथि ललितपुरको ११ रनको जित, सन्दीपले लिए ३ विकेट 

काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ। ललितपुरले दिएको १४४ रनको लक्ष्य पछाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट

इपिएल : ललितपुरले चितवनलाई दियो १४४ रनको लक्ष्य, सन्दीप जोराको विष्फोटक ब्याटिंग 

काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउदै १४३

टी-१० लिगमा सन्दीप : उत्कृष्ट सुरुवात निराशाजनक अन्त्य 

काठमाडौँ। युएईमा टी-१० लिग खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम केरला नाइट्स क्वालिफायरमा छनौट हुन् असफल भएको छ। टी-१० लिगको पहिलो सिजन जितेको केरला दोस्रो सिजनमा सातौ स्थानमा


z