• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप लामिछानेको दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक 

kharibot

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम 'प्रतिक्षा' को दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक गरेका छन् । 

यसअघि पहिल गीत 'उदास' सार्वजनीक गरेका सन्दीपले दोस्रो गीतमा राजन मगर र सन्दीपको शब्द रहेको छ भने संगीत राजन मगरको रहेको छ। युट्युबमा लिरिकल भर्सन सार्वजनिक गरिएको गीतमा सन्दीपको स्वर सुन्दर सुनिएको छ।

क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि अगाडी बढेका छन् । हाल टि-२० विश्वकपको एशिया पूर्वी क्षेत्रको छनौट खेल्न मलेसियामा रहेका सन्दीपले प्रतियोगितामा खेलेका ५ खेलमा २० विकेट लिएर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।

सन्दीपले प्रतियोगितामा धरै विकेट मात्र लिएका छैनन् नेपालको तर्फबाट धेरै विकेट लिने खेलाडी बन्न अब २ विकेट टाढा मात्र रहेका छन्। नेपाल पूर्वी क्षेत्रबाट एशिया स्तरको टि-२० विश्वकप छनौट खेल्न छनौट भइसकेको छ भने अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै