Skip This

प्रदेश ३ को राजधानीबारे अहिले बोेल्न मिल्दैन : मुख्यमन्त्री पौडेल

खरीबोट

हेटौँडा। प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताएका छन् । 

टिस्टुङ महोत्सवको नगरपालिकाका बज्रबाराहीमा उद्घाटन गर्दै उनले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए । 
मुख्यमन्त्री पौडेलले कुन्छाल, कुलेखानी, थानकोट चित्लाङ सडकको स्तरोन्नति एक वर्षभित्र पूरा गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले प्रदेशको राजधानी हेटौँडा नहुने भए थाहा नगरलाई विकल्पका रुपमा अगाडि सार्न सकिने बताए । 

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले विकासको नाममा पुराना कुरा मास्दै गइरहेकाले यस्ता कुरा जोगाउन पनि महोत्सवको अह्म भूमिका रहने उल्लेख गर्दै दु्रतमार्गलाई कुलेखानीमा जोड्ने सरकारको लक्ष्य रहेको धारणा व्यक्त गरे  

थाहा नगरपालिकाका प्रमुख लबसेर विष्टले महोत्सवले आफ्नै मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए । 

टिस्टुङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । चार दिनसम्म चल्ने महोत्सवमा टिस्टुङलाई चिनाउने र प्रबन्धक गर्ने कक्षसहित १६० वटा कक्ष रहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।

सम्बन्धित समाचार

पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी हेटौंडामै हुन्छ : मुख्यमन्त्री पौडेल

काठमाडौं। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने बताएका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले

प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने

हेटौँडा। प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय

प्रदेश ३ को स्थायी राजधानी हेटौडा नै तोकिनुपर्छ : अध्यक्ष कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् ।  मकवानपुरे समाजका अध्यक्ष

स्थायी राजधानी तोक्न सहमति खोज्दै छौ : मुख्यमन्त्री पौडेल

हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताएका छन् ।  उनले भने, “ प्रदेशको स्थायी राजधानी


z