मुम्बई। बलिवुडका महानायक आजदेखि ७६ बर्षका भएका छन्। जीवनको यस उमेरमा पनि फिल्म र टेलिभिजन शोहरुमा सक्रिय अमिताभ बच्चनलाई अहिले बलिवुडका महानायकले चिनिन्छ।
पहिलो फिल्म सात हिन्दुस्तानी देखि अब रिलिजको संघारमा रहेको ठग्स अफ हिन्दोस्तानसम्म आउदा अमिताभले बीचमा ५ बर्षको विश्रामपछि फिल्ममा अहिलेसम्म पनि उत्तिकै सक्रिय रहेका छन्।
अहिले पनि उनी कुनै युवा र चल्तीका नायक नायिका भन्दा कम सक्रिय छैनन्। टेलिभिजनमा कुन बनेगा करोडपति देखि बर्षमा २-३ फिल्म हरेक बर्ष रिलिज भएका छन्।
खुदा गवा, जन्जिर, शहनशा, सराबी, डन, सिलसिला, मोहबते, पा, सरकार, भूतनाथ, पिंक जस्ता चर्चित फिल्ममा अभिनय गरेका अमिताभले केहि सुपर फ्लप फिल्मा पनि अभिनय गरेका छन् । अमिताभले अभिनय गरेका केहि सुपर फ्लप फिल्ममा तलिस्मान, बडा कबुतर, अग्नि बर्षा, एक नजर, बन्धे हाथ, हम कौन है, गंगा देवी, रास्तेका पथ्थर, साधु सन्त, यार मेरी जिन्दगी, सुरमा भुपाली, बिलायती बाबु, बेशर्म जस्ता फ्लप फिल्म पनि उनले काम गरेका छन्।
अहिले पनि उत्तिकै सक्रिय अमिताभका ठग्स अफ हिन्दोस्तान र ब्रह्मास्त्र जस्ता ठुलो बजेटका फिल्म छिट्टै रिलिज हुदै छन्।