• २०८१ बैशाख ४ मंगलबार

नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा

kharibot

फाइल तस्विर।

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टीको जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ ।

जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला तथा स्थानीय कमिटी चलायमान बनाउने निर्णय गरेको हो ।

बैठकले साविक एमालेका जिल्ला इञ्चार्ज ईश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उपसचिव इन्द्रबहादुर तामाङ तथा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङ, सहइञ्चार्ज तेजबहादुर मिजार, गङ्गाबहादुर दोङ, दीनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको कमिटीलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ । स्थानीयस्तरका पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न उक्त कमिटीलाई निर्देशन दिने निर्णय भएकोे पनि कार्यालय सचिव वसुन्धरा हुमागाईंले जानकारी दिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै