नेकपाको परासी जिल्ला कार्यदलले थाल्यो काम

खरीबोट

फाइल तस्विर।

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिए ।

नेकपा पश्चिम नवलपरासीको कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकामा पार्टी गतिविधि सञ्चालन गर्न, जिल्ला तहको भौतिक संपतिको अभिलेख तयार गरी एकीकरण गर्न र जिल्ला मातहतका कमिटीको एकतालाई पूर्णताका लागि सुझाव दिन समितिले निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

नेकपा बैठकमा भिम रावलको आक्रोश

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको आजको बैठकमा ८ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा नेता भीम रावलले पनि छुट्टै लिखित दस्तावेज पेश गरेका छन् । दुई अध्यक्ष

नेकपाको कर्णाली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री

नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने, गजुरेलले राखे लिखित सुझाव 

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको स्थायी समितिको आजको बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी

जेष्ठमा फिर्ता गरेको रकम लिएको भनी चरित्र हत्या गर्न खोजियो - सांसद गोमा देवकोटा 

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, अनेमसंघको कार्यबाहक अध्यक्ष्य तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले बिना जानकारी घर भाडाको रकम जम्मा गर्ने र प्रचार गर्ने काम भएको भन्दै संसद


z