फोर्डद्वारा एकै दिनमा सयवटा गाडी हस्तान्तरण 

खरीबोट
ad

काठमाडौं । गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिन बुधबार सयवटा नयाँ गाडीहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । ‘आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाऊन्’ भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको जनाएको छ । 

बजारमा फोर्ड गाडीको उच्च माग रहेको दाबी गर्दै फोर्डले घटस्थापनाको दिन नेपालभरीका वितरकहरुबाट १०० वटा गाडीहरु हस्तान्तरण गरेको जनाएको छ । त्यसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफरमार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा  ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् ।

साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउने बताइएको छ ।

सम्बन्धित समाचार

फोर्डद्वारा एकै दिनमा सयवटा गाडी हस्तान्तरण 

काठमाडौं । गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिन बुधबार सयवटा नयाँ गाडीहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । ‘आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन

वाटफोर्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले कडा प्रतिष्पर्धाका बीच वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  युनाइटेडको जितमा रोमेलु लुकाकु र क्रिश

स्विटजरल्याण्डमाथि इङल्याण्डको जित, राशफोर्डले गरे निर्णायक गोल  

काठमाडौँ। विश्वकप पछि इङल्याण्डले पहिलो जित गरेको छ।  गएराती भएको मैत्रीपूर्ण खेलमा इङल्याण्डले स्विटजरल्याण्डलाई १-० गोल अन्तरले परजित गरेको छ।  युइएफ़ए नेशनल लिगमा २-१ गोल अन्तरले पराजित भएको इङल्याण्ड मैत्रीपूर्ण खेलमा

वाटफोर्डसँग हार्यो टोटनह्याम

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत वाटफोर्डले शतप्रतिशत नतिजा निकालेको छ।  गएराती भएको खेलमा वाटफोर्डले टोटनह्यामलाई पराजित गर्दै यस सिजनमा खेलमा जित हासिल गर्दै १२ अंक बटुलेको छ।  वाटफोर्डले टोटनह्यामलाई २-१ गोल


z