• २०८१ बैशाख ८ शनिबार

फोर्डद्वारा एकै दिनमा सयवटा गाडी हस्तान्तरण 

kharibot

काठमाडौं । गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिन बुधबार सयवटा नयाँ गाडीहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । ‘आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाऊन्’ भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको जनाएको छ । 

बजारमा फोर्ड गाडीको उच्च माग रहेको दाबी गर्दै फोर्डले घटस्थापनाको दिन नेपालभरीका वितरकहरुबाट १०० वटा गाडीहरु हस्तान्तरण गरेको जनाएको छ । त्यसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफरमार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा  ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् ।

साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै