• २०८१ बैशाख ७ शुक्रबार

समाजमा भयरहित वातावरण आवश्यक : मुख्यमन्त्री राई

kharibot

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताएका छन् ।

प्रहरी दिवसका अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले देश पहिलो पटक शान्ति, सुशासन र स्थिरताको बाटोमा अगाडि बढीरहेको बताए । प्रदेशमा ऐन, कानून निर्माण र संरचना खडा गर्न बाँकी रहँदारहँदै प्रदेश सरकारले सुशासन र शान्तिको क्षेत्रमा उपलब्धि हासिल गरेको जनाउँदै मुख्यमन्त्री राईले प्रदेश सरकाले सडक, सुरक्षा र सुशासनका लागि अभियान सञ्चालन गरेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रहरी सङ्गठनले कर्तव्यनिष्ट भएर तथा व्यावसायिक सफलताका निम्ति काम गर्न निर्देशन दिँदै प्रहरी सङ्गठनलाई प्रविधिमैत्री बनाएर जनताका सेवा र सुरक्षाको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । उनले प्रहरी सङ्गठनलाई बलियो बनाउन समयनाकूल संरचना तयार गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । सो अवसरमा १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समाजमा शान्तिसुरक्षाको अभिभारा बोकेको प्रहरी सङ्गठन जनताका सेवामा समर्पित रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै