थ्रीस्टारको विजयी सुरुवात, फ्रेन्ड्स क्लबमाथि २-१ को जित 

खरीबोट
ad

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोकाे एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार विजयी भएको हो ।

ललितपुरका दुवै क्लबबीच भएको यस भिडन्तमा थ्रीस्टारले पहिलो हाफको १६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । दोस्रो हाफको ८३औं मिनेटमा थ्रीस्टारक लागि बुद्धराज लिम्बुले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

फ्रेन्ड्स क्लबले अतिरिक्त समयको पहिलो मिनेटमा गोल फर्काएर खेलमा फर्किने प्रयास गरेपनि त्यो प्रयाप्त हुन् सकेन । फ्रेन्ड्सका लागि विकास लामाले एक गोल गरेका थिए। 

आजै लिग अन्तर्गत दिउँसो तीन बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित समाचार

शहीद स्मारक ए डिभिजन लिग : मनाङ्को विजयी शुरुवात

काठमाडौँ। मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात

ए डिभिजन लिग फुटबल – सशस्त्र प्रहरी हिमालयन शेर्पासँग बराबरीमा रोकियो 

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल

स्मारक ए डिभिजन लिग : जावलाखेल युथ क्लबमाथि पुलिसको जित 

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस टिमले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ। पहिलो हाफको ३१औ मिनेटमा पुलिसका अजित भण्डारीले खेलको एक

शहिद स्मारक ए डिभिजन लिग :  च्यासल र मच्छिन्द्र क्लब गोलरहित बराबर

काठमाडाैं।  शहिद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलको


z