• २०८१ बैशाख ८ शनिबार

थ्रीस्टारको विजयी सुरुवात, फ्रेन्ड्स क्लबमाथि २-१ को जित 

kharibot

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोकाे एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार विजयी भएको हो ।

ललितपुरका दुवै क्लबबीच भएको यस भिडन्तमा थ्रीस्टारले पहिलो हाफको १६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । दोस्रो हाफको ८३औं मिनेटमा थ्रीस्टारक लागि बुद्धराज लिम्बुले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

फ्रेन्ड्स क्लबले अतिरिक्त समयको पहिलो मिनेटमा गोल फर्काएर खेलमा फर्किने प्रयास गरेपनि त्यो प्रयाप्त हुन् सकेन । फ्रेन्ड्सका लागि विकास लामाले एक गोल गरेका थिए। 

आजै लिग अन्तर्गत दिउँसो तीन बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै