इन्डोनेसियामा भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

खरीबोट

इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ ।

त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पनि ५ हजार व्यक्ति बेपत्ता रहेका अनुमान गरिएको छ । हजारौँको सङ्ख्यामा व्यक्ति बेपत्ता रहेका भए पनि खोजी र उद्धार कार्य भने बिहीबारबाट बन्द गरिने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत सेप्टेम्बर २८ तारिखमा इन्डोनेसियाको पालु शहरमा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी यसअघि नै सार्वजनिक भएको छ ।

यस भूकम्पसँग सम्बन्धित सम्पूर्ण उद्धारकार्य बिहीबार अपराह्नबाट अन्त्य गरिने खोजी र उद्धार कारबाही (एसएआर) का निर्देशक बाम्बाङ सुर्योले बताए ।

पालु शहरमा २ लाख व्यक्तिलाई पिउने पानी र औषधी उपचारलगायतका मानवीय सहयोगको आवश्यतासम्बन्धी सामग्रीहरु उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

उक्त शहरका करिब ८० हजार व्यक्ति यस शक्तिशाली भूकम्पपछि विस्थापित भएका छन् । आफ्नो घर ध्वस्त भएका कारण हजारौंको सङ्ख्यामा निर्माण गरिएका अस्थायी शिवीरमा उनीहरु बसेका छन् ।

जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु

इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।

त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए ।

सम्बन्धित समाचार

साउदी युवराजले इन्डोनेसियाको पनि भ्रमण गर्ने

इन्डोनेसिया । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अर्को हप्ता इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । सलमानले पाकिस्तान र भारतको भ्रमण गर्ने समाचार आएसँगै इन्डोनेसियाको पनि भ्रमण गर्ने समाचार सार्वजनिक भएको

इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा 

काठमाडौँ । इन्डोनेसियालाई सेमीफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाईल्याण्डमा जारि थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब नेपालले भोलि शनिवार खेलिने फाइनलमा थाईल्याण्ड र युएई बीचको विजेतासँग

महिला टी-२० सेमिफाइनल : नेपालले इन्डोनेसियालाई १२१ रनको चुनौती दियो  

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई १२१ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १२० रन बनाएको

महिला टी-२० : सेमिफाइनल समीकरण पुरा, नेपालले इन्डोनेसियासँग खेल्ने 

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ । आज भएका समुह चरणका अन्तिम खेलपछि नेपाल, युएई, थाइल्याण्ड र इन्डोनेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगितामा समुह


z