• २०८१ बैशाख ८ शनिबार

इन्डोनेसियामा भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

kharibot

इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ ।

त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पनि ५ हजार व्यक्ति बेपत्ता रहेका अनुमान गरिएको छ । हजारौँको सङ्ख्यामा व्यक्ति बेपत्ता रहेका भए पनि खोजी र उद्धार कार्य भने बिहीबारबाट बन्द गरिने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत सेप्टेम्बर २८ तारिखमा इन्डोनेसियाको पालु शहरमा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी यसअघि नै सार्वजनिक भएको छ ।

यस भूकम्पसँग सम्बन्धित सम्पूर्ण उद्धारकार्य बिहीबार अपराह्नबाट अन्त्य गरिने खोजी र उद्धार कारबाही (एसएआर) का निर्देशक बाम्बाङ सुर्योले बताए ।

पालु शहरमा २ लाख व्यक्तिलाई पिउने पानी र औषधी उपचारलगायतका मानवीय सहयोगको आवश्यतासम्बन्धी सामग्रीहरु उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

उक्त शहरका करिब ८० हजार व्यक्ति यस शक्तिशाली भूकम्पपछि विस्थापित भएका छन् । आफ्नो घर ध्वस्त भएका कारण हजारौंको सङ्ख्यामा निर्माण गरिएका अस्थायी शिवीरमा उनीहरु बसेका छन् ।

जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु

इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।

त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै