लोकतान्त्रिकरणको नाममा सेनामाथिको ‘माइक्रो म्यानेजमेन्ट’ स्वीकार्य छैन - प्रधानसेनापति थापा 

खरीबोट

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्। 

प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार  थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’ 

थापाले नेपाली सेना ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन भएकाले सेनामाथि हुनसक्ने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने प्रष्ट पारे ।

उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै उनले यस्तो बताएका हुन्। यद्यपी, उनले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए।

केही समूहले विखण्डनका कुरा गरिरहेको भए पनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको उनको भनाइ छ ।

‘सरकारले आवश्यक नठानेर सेनालाई अहिले विखण्डनकारीका गतिविधि निस्तेज पार्ने म्यान्डेट नदिएको हुनसक्छ, यो नेपाली सेनाको डोमेनमा पर्दैन’, प्रधानसेनापति थापाले भने, ‘तर नेपाली सेना विखण्डनकारीका गतिविधिबारे पूर्णरुपमा सजग र जानकार छ ।’ 

सम्बन्धित समाचार

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा प्लाष्टिक मुक्त क्षेत्र घोषणा

काठमाडौँ । नेपाली सेनाले आज आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । प्रधानसेनापति थापाले उपस्थित सम्बोधन गर्दै प्लाष्टिकजन्य

सैनिकको रगतले सुत्केरीको ज्यान जोगियो

डोटी । दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।  नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह

नेपाली सेनाले छाड्यो रेडियो नेपालको सुरक्षा 

डोटी । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना विहिबारदेखि आफ्नै व्यारेक फर्किएको छ ।  जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो

प्रधानसेनापति थापा स्वदेश फिर्ता 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतको ६ दिने भ्रमण पुरा गरि आज स्वदेश फिर्ता भएका छन् ।   भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा पौष २७ गतेबाट भारत


z