• २०८१ बैशाख ११ मंगलबार

लोकतान्त्रिकरणको नाममा सेनामाथिको ‘माइक्रो म्यानेजमेन्ट’ स्वीकार्य छैन - प्रधानसेनापति थापा 

kharibot

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्। 

प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार  थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’ 

थापाले नेपाली सेना ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन भएकाले सेनामाथि हुनसक्ने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने प्रष्ट पारे ।

उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै उनले यस्तो बताएका हुन्। यद्यपी, उनले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए।

केही समूहले विखण्डनका कुरा गरिरहेको भए पनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको उनको भनाइ छ ।

‘सरकारले आवश्यक नठानेर सेनालाई अहिले विखण्डनकारीका गतिविधि निस्तेज पार्ने म्यान्डेट नदिएको हुनसक्छ, यो नेपाली सेनाको डोमेनमा पर्दैन’, प्रधानसेनापति थापाले भने, ‘तर नेपाली सेना विखण्डनकारीका गतिविधिबारे पूर्णरुपमा सजग र जानकार छ ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै