काठमाडौं । दशैं नजिकिँदै गर्दा नेप्से सूचक बढेपनि कारोबार रकममा भने खासै सुधार आएको छैन । साताको अन्तिम कारोबार दिन आज बिहिबार दुबै सूचक बढेपनि कारोबार रकम खासै बढ्न सकेन ।
नेप्से नौ दशमलव ९५ अंकले बढेर १२ सय २८ दशमलव २८ विन्दुमा चढ्दा सेन्सिटिभ दुई दशमलव ३६ अंकले बढेर दुई सय ६१ दशमलव चार विन्दुमा चढेको छ । एक सय ६५ कम्पनीहरुको चार हजार पाँच सय ८४ वटा कारोबारमा आठ लाख ६२ हजार तीन सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २५ करोड २२ लाख ९१ हजार पाँच सय ४० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको कारोबार सूचक बढ्.दा होटल र उत्पादनमूलक समूहको सूचक घटेका छन् ।
वाणिज्य बैंक समूहको सूचक १२ दशमलव २७ अंकले बढेर एक हजार ८३ दशमलव ४१ विन्दुमा चढ्दा १४ करोड २६ लाख ५२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पनि ११ दशमलव ८८ अंकले बढेर १४ सय ७३ दशमलव ५५ विन्दुमा चढ्दा ७१ लाख ५८ हजार तीन सय ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यसैगरी जलविद्युत समूहको सूचक पनि एक दशमलव ९४ अंकले बढेर १३ सय ६४ दशमलव ६७ विन्दुमा चढ्दा एक करोड ६० लाख ९३ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समूहको कारोबार सूचकमा पनि सुधार आएको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेकोे युनाईटेड फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ९५ पैसाले बढेर एक सय ६३ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ५५ पैसाले घटेर एक सय ३६ रुपैयाँमा कारोबार भएको छ ।
रकम कारोबारका आधारमा अग्रस्थानमा परेको मेगा बैंकको प्रतिकित्ता दुई सय रुपैयाँ अन्तिम मुल्यमा एक करोड ६४ लाख ४४ हजार चार सय ५८ रुपैयाँको कारोबार भएको छ ।