एसियाली शेयर बजारमा भारी गिरावट

खरीबोट

सिंगापुर। अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ । 

चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ । 

लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ । 

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका छन् । 

जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए । अमेरिकी–चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ । 

टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको शेयर बजारमा पनि मन्दी आएको छ । 

सम्बन्धित समाचार

सेयर बजारका सबै सूचक राता, कारोबार रकम पनि ओर्लियो

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार साताको चौथो कारोबार दिन आज बुधवार भने उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २२ दशमलव आठ अंकले घटेर

सेयर बजार परिसूचक ११ सय ३० अंकमा झर्‍यो 

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । आज नेप्से १७ दशमलव ७३ अंकले घटेर ११ सय ३० दशमलव ६३ विन्दुमा झर्दा सेन्सिटिभ पनि

साताको सेयर बजार : नेप्से सुचक ११ सय ४८ बिन्दुुमा रोकियो

काठमाडौँ।  यो साता सेयर बजार परिसुचक ११ सय ४८ दसमलव ७० अंकमा पुुगेर रोकिएको छ । यसैगरी क बर्गका कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४४ दसमलव २३

सेयर बजारमा ‘करेक्सन’, कमाउने र गुमाउने समूह बराबर 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ ।   आज मंगलबार नेप्से एक दशमलव ६१ अंकले बढेर ११ सय ६१ दशमलव ४३ विन्दुमा चढ्दा सेन्सिटिभ शून्य


z