• २०८१ बैशाख १२ बुधबार

के आफ्नो पिसाब पिउनु साँच्चै स्वास्थ्यको लागि उपयुक्त नै हो त ?

kharibot

काठमाडौं । हामी दिसापिसाब भनेपछि मुन्टो बटार्छौँ । तर कतिपय यस्ता मानिस पनि छन्, जो स्वास्थ्यको लागि भन्दै आफ्नै पिसाब पिउने गर्छन् । हो, स्वमुत्रसेवन पिउने धेरै छन् सहरबजारमा । नेविंगटन (बेलायत)की एक ३३ वर्षीया योग शिक्षिका केली ओकलीको दाबी नै छ, स्वमुत्रसेवन गर्न थालेपछि आफ्नो लामो समयदेखिको स्वास्थ्यसमस्या नै निको भयो । 

उनले आफ्नो पिसाब पिउन सुरु गरेकी थिइन् । कतिपय मानिसहरु यसलाई युरिन थेरापी पनि भन्छन् तर यसलाई युरोफेजिया भन्ने गरिन्छ । उनले पिसाबसेवनले शारीरिक प्रतिरक्षा क्षमता पुनस्र्थापित हुने सुनेको कारण राम्रो स्वास्थ्यका लागि यस्तो गरेकी थिइन् । त्यसपछि उनले हरेक दिन ताजा पिसाब सेवन गर्न थालिन् तर सुतीको कपडाले छानेर । यस्तो बानीपछि आफ्नो छालामा निकै चमक आएको समेत उनको दाबी थियो । 

अचम्मको कुरो त केलीले मात्रै हैन, पिसाब सेवन गर्ने अरु पनि यसबाट फाइदा भएको बताउँछन् । 

'वजन कम हुन्छ' 
क्यानडाका एक ४६ वर्षीय लिह स्याम्प्सनले द सनसँगको कुरकानीमा स्वमुत्रसेवनले शारीरिक तौल कम गर्न मद्दत मिलेको बताएका थिए । लिहका अनुसार उनको वजन १ सय २० किलोको थियो । विभिन्न काम गर्न यसले अवरोध गरिरहेको थियो । यस्तैमा उनले पिसाबसम्बन्धी यस्तो कुरा सुनेका थिए । उनको साथीले उनलाई युरिन थेरापीको बारेमा युट्युब लिंक पठाएका थिए । त्यसपछि त उनले पनि पिसाब पिउन सुरु गरे । यसपछि आफ्नो शरीरमा सोडियम घटाएको उनले बताए । 

लिहले बिहान बिहान स्वमुत्र सेवन गर्ने गरेको बताए । यद्यपि डाक्टरले भने यस्तो गर्ने सुझाव नदिएको उनको भनाइ छ । तर ३९ वर्षका फेथ क्यान्टरले पनि पिसाब पिउन सुरु गरेको बताए । उनलाई लामखुट्टेले टोकेपछि एक प्रकारको एलर्जी भयो । त्यसपछि उनले पनि पिसाब पिउन सुरु गरे । केही दिन घिन लाग्ने भए पनि तीन, चार दिनपछि उक्त प्रक्रिया स्वाभाविक रुपले भएको उनले सुनाए । 

पिसाब पिउन सुरु गरेपछि लामखुट्टेले कमै मात्र टोकेको उनले अनौठो प्रतिक्रिया दिए । केही महिना पहिले एक बेनामे महिलाले कुकुरको पिसाब पिइरहेको भिडियो भाइरल भएको थियो । ती महिलाले मुत्रसेवनपछि आफ्नो तनाव, उदासीपना हटेको उनको भनाइ थियो ।

'पिसाब पिउनुलाई ठीक मान्दैनन् डाक्टरहरु' 

यी सबै मानिसहरुले पिसाब पिएर समस्या समाधान भएको बताए पनि डाक्टरहरु भने पिसाब पिउनु स्वास्थ्यप्रतिकूल रहेको बताउँछन् । उनीहरुका अनुसार पिसाब शरीरबाट निस्केको विकार भएकाले त्यसलाई पुनः पिउनुहुँदैन ।

डाक्टर जुबेर अहमदका अनुसार मानिसहरुले पिसाब जीवाणुरहित हुने बताए पनि कहिलेकाही समस्यायुक्त हुनसक्छ । शरीरको विकार भएकाले दूषित हुनसक्ने उनीहरुको भनाइ छ । यसले मानिस बिरामी पर्न सक्ने पनि उनीहरु बताउँछन् ।

एक स्वस्थ शरीरबाट निस्किने पिसाबमा ९५ प्रतिशत पानी र पाँच प्रतिशत विकार पदार्थ हुन्छ । यी पदार्थमा पोटासियम र नाइट्रोजन हुन्छ, यदि यी पदार्थ धेरै भयो भने यसले शरीरमा हानि पुर्याउँछ । डाक्टरले मात्र नभई पोषण र आहारविज्ञ पनि पिसाब पिउनु स्वास्थ्यका लागि प्रतिकूल हुने बताउँछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै