ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा  ढकाल 

खरीबोट

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका अनुसार ढकालले असोज २५ गते बिहीबारबाट कार्यभार सम्हालेका छन् । यसअघि ढकाल मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव सँगालेका ढकाल तत्कालीन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंक लि.मा डेपुटी जनरल म्यानेजरको साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत कार्यरत थिए ।

उनी तत्कालीन कमर्स एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत थिए । साथै उनीसँग विभिन्न संघ/संस्थाहरुको सञ्चालक समितिमा रही कार्य गरेको अनुभव समेत रहेको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् । 

सम्बन्धित समाचार

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षमा आर्जन गरोको खुुद मुनाफा मध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको

ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिबिच यही मंसिर १३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको

ग्लोबल आइएमई बैंक र वयोधा अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पताल बीच सम्झौता भएको छ । अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेकाहुुन । बैंकले अस्पतालसँग

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा  ढकाल 

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका अनुसार ढकालले असोज २५ गते बिहीबारबाट कार्यभार सम्हालेका छन् । यसअघि ढकाल मेगा


z