• २०८१ बैशाख ७ शुक्रबार

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा  ढकाल 

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका अनुसार ढकालले असोज २५ गते बिहीबारबाट कार्यभार सम्हालेका छन् । यसअघि ढकाल मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव सँगालेका ढकाल तत्कालीन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंक लि.मा डेपुटी जनरल म्यानेजरको साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत कार्यरत थिए ।

उनी तत्कालीन कमर्स एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत थिए । साथै उनीसँग विभिन्न संघ/संस्थाहरुको सञ्चालक समितिमा रही कार्य गरेको अनुभव समेत रहेको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै