• २०८१ बैशाख ६ बिहीबार

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

kharibot

काठमाडौं / नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोली बीच छलफल भएको छ । 

बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे छलफल भएको हो । त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गरे ।  छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप बहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखे ।  

छलफलमा त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख डा. अनन्त प्रसाद गजुरेल, प्रा.डा. मेघ राज ढकाल, डा. रमेश थापाको सहभागिता थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै