• २०८१ बैशाख १४ शुक्रबार

स्मारक ए डिभिजन लिग : जावलाखेल युथ क्लबमाथि पुलिसको जित 

kharibot

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस टिमले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ।

पहिलो हाफको ३१औ मिनेटमा पुलिसका अजित भण्डारीले खेलको एक मात्र गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पुलिस क्लबले १-० ले जित्यो। 

आजै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। 

लिग अन्तर्गत शुक्रबार दुई खेल हुदै छन्।  पहिलो खेल हिमालय शेर्पा कल्ब र सशस्त्र प्रहरीबिह्च हुने छ भने दोस्रो खेल ब्रिगेज ब्वायेज र मनाङ्ग मर्स्याङदी क्लबबीच हुने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै