• २०८१ बैशाख १३ बिहीबार

४० हजार घुससहित उपसचिव लालबाबु साह पक्राउ

kharibot

पर्सा। पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । 

शाहले ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको  श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् । विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन ।

त्यही रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै