• २०८१ बैशाख ७ शुक्रबार

डा.बाबुराम भट्टराईको प्रश्न - निर्मला हत्याको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बेला भएन ?

kharibot

काठमाडौं।  नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा ‘माथि’ को संलग्नता रहेको बताएका छन्। 

निर्मलाको बलात्कार र हत्याको सबुतप्रमाण मेटाउनेलाई केरकार गर्दा अपराधी पत्ता लाग्ने तर त्यो हुन नसक्नुले ‘माथि’कै संलग्नता प्रष्ट भएको उनको भनाइ छ। 

पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले बिहीबार साँझ ट्विटरमा यस्तो लेखेका हुन्। उनले निर्मला हत्याको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताएका छन्। उनले अपराधी पत्ता नलागेसम्म अझैपनि दबाब जारी राख्नुपर्नेमा जोड दिएका छन्। 

छन्,  ‘निर्मला पन्त बलात्कार–हत्याको सबुतप्रमाण मेटाउने कार्यमा संलग्नलाई समातेर गम्भीरतापूर्वक केरकार गर्दा अपराधि सजिलै पत्तालाग्नु पर्ने हैन? त्यति पनि किन हुन सकिरहेको छैन? यसबाट त ‘माथि’को संलग्नता प्रष्टै देखियो नि’, बाबुरामले लेखेका छन्, ‘राजनीतिक नेतृत्वले अब जिम्मेवारी लिनुपर्ने वेला भएन ? दबाब जारी राखौं।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै