• २०८१ बैशाख ७ शुक्रबार

नेकपाका शिर्ष नेताहरु नै शसंकित : पछि हट्दै वामदेव 

kharibot

काठमाडौं।  चर्को आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट तत्कालका लागि पछि हटने भएका छन्। शीर्ष नेता र आफू निकट नेतासँगको छलफलपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेको बताइएको छ। 

वामदेव निकट नेताका अनुसार सम्भवत शुक्रबार विज्ञप्ति प्रकाशित गरेर यस बारेमा गौतमले मार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएको भए पनि गौतमको संसद् प्रवेशलाई पार्टीका शिर्ष नेताहरुले नै शंकाको दृष्टिले हेरेपछि गौतमको निर्वाचित सांसद हुने रहर तत्कालका लागि पुरा नहुने भएको हो। 

आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए। तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट पछि हट्ने निष्कर्षमा पुगेका छन्।

पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्कर्षमा पुगेको बताइएको छ । पार्टीभित्रै घेराबन्दी हुने सम्भावना देखेपछि गौतम पछि हट्ने मनस्थितिमा  नेताहरुले बताएका  छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेताहरू घनश्याम भुषाललगायतसँगको परामर्शपछि गौतम चुनावबाट पछि हटने मनस्थितिमा पुगेको बताइएको छ। 

सुरुमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालमध्येबाट एक जनालाई राष्ट्रपतिमा पठाएर उनीहरू निर्वाचित भएको क्षेत्रमा हुने उपचुनावबाट गौतमले संसद्मा छिर्ने प्रयास गरेका थिए। यो योजना सफल नभएपछि गौतम सुरक्षित स्थानको खोजी गर्दै बर्दिया-२ का सन्तकुमार थारु, पूर्वी रुकुमकी कमला रोक्का, नवलपुर २ का तिलक महत, दैलेख-१ का रवीन्द्रराज शर्मा, मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा, सुर्खेतका नवराज राउत, डोल्पाका धनबहादुर बुढासम्मलाई राजीनामा गराउने प्रयास भएको थियो। 

त्यस्तै धनकुटाका राजेन्द्र राई र बाँके ३ का नन्दलाल रोकाया , बैतडीका दामोदर भण्डारी, कञ्चनपुर-३ का दीपकप्रकाश भट्ट, प्यूठानकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलसम्मलाई राजीनामाको प्रयास गरिएको थियो। 

गौतमले काठमाडौँ ७ बाट उपचुनाव मार्फत संसदमा जाने योजना सार्वजनिक भएपछि सरकारका साथै सिंगो नेकपा ब्याकफुटमा आएको थियो। अध्यक्ष प्रचण्डले समेत सार्वजनिक कार्यक्रममा चुनाव हार्ने गरी उपचुनाव नहुने स्पष्ट गर्नु परेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै