• २०८१ बैशाख ७ शुक्रबार

टि-२० विश्वकपका लागि एशिया पूर्वी क्षेत्रबाट नेपाल, सिंगापुरसँगै आयोजक मलेसिया छनौट 

kharibot

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आयोजक मलेसिया टि-२० विश्वकपको दोस्रो चरणको एशिया छनौटका लागि छानिएको छ। 

आज भएको अन्तिम खेलमा चीनलाई १० विकेटले पराजित गर्दै मलेसियाले थाईल्याण्डलाई रनरेटका आधारमा जितेर विश्वकप छनौट खेल्न पूर्वी क्षेत्रबाट तेस्रो हुदै छनौट भएको हो।  यस समुहबाट नेपाल र सिंगापुर छनौट भइसकेका छन् भने केहि बेरपछि हुने खेलबाट पहिलो र दोस्रो छुट्टिने छन्।  

आज सकिने यस प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा भएको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने व्यवस्था अनुसार नेपाल, सिंगापुर र मलेसिया छानिएका छन् । थाइल्याण्ड मलेसियासँग सामना ७ अंक भएपनि रनरेटका आधारमा छनौट हुन् असफल भएको छ भने भुटानले केबल २ खेलमा जित हासिल गर्दै ४ अंक लिएर पाचौ स्थानमा रह्यो भने म्यानमारले केबल एक खेल जितेर २ अंक हासिल गर्दै छैठौ स्थानमा रह्यो। चीनले भने सबै खेलमा हार बेहोर्दै बाहिरिएको छ।  

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । 

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै