काठमाडौँ। मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएर बलर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नयाँ किर्तिमान बनाएका छन्।
प्रतियोगितामा सन्दीपले ६ खेलमा कुल २४ विकेट लिदै कुनै प्रतियोगितामा नेपालको तर्फबाट धेरै विकेट लिने बलर बनेका हुन्। यस अघि जुनियर प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड पनि सन्दीप कै नाममा रहेको थियों।
यसअघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। बसन्त र बिनोदले यसअघि एक अन्तर्राष्ट्रिय प्रतियोगितामा २१-२१ विकेटको रेकर्ड बनाएका थिए।
प्रतियोगितामा सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४ विकेट लिएका थिए भने मलेसिया र थाइल्याण्डविरुद्ध ५-५ विकेट लिएका थिए। त्यस्तै भुटान र चीनविरुद्ध २-२ र अन्तिम खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएका छन्।
प्रतियोगितामा सन्दीपले ६ खेलमा २४ विकेट लिंदै धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा रहेका छन्।
प्रतियोगितामा सन्दीपको बलिङ
म्यानमार : ४ विकेट ( २-०-३-४ )
मलेसिया : ५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड : ५ विकेट ( ३-१-८-५ )
भुटान : ३ विकेट ( ४-२-६-३ )
चीन : ३ विकेट ( ४-१-४-३ )
सिंगापुर : ४ विकेट (३.३-०-१६-४)
यसअघि सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो । रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।
एकै अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए।