• २०८१ बैशाख ६ बिहीबार

नेपाल टि-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौट प्रतियोगिताको च्याम्पियन 

kharibot

काठमाडौँ। नेपाल आईसीसी टि-२० विश्वकप एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ।

प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँगको खेल वर्षाले बाधा पुर्याएपछि नेपालले सिंगापुरले एक एक अंक बढ्दै प्रतियोगितामा अपराजित भएका छन्। तर अंकतालिकामा ११-११ अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल अगाडी रहदै नेपाल विजेता बनेको छ। 

टस हारेर पहिला ब्याटिंग सिंगापुरले १७.३ओभरमा अल आउट हुदै ८१ रन बनाएको हो। सिंगापुरलाई अल आउट गर्ने क्रममा नेपालका बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने सोमपाल कामी र करन केसीले २-२ विकेट लिएका थिए। 

त्यस्तै ललित राजबंशीले एक विकेट लिएका थिए। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनए भने मंप्रित सिंह र सिदान्तले १०-१० रन बनाएका थिए। जवाफमा ब्याटिंग थालेको नेपालले दोश्रो पारीको ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिंदा ०.३ ओभरमा नेपालको स्कोर १/१ थियो त्यसपछि पुनः खेल हुन् सकेन। 

सिंगापुरसंग ४ विकेट लिएपछि सन्दिप नेपालको लागि एकै अन्तर्रास्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

प्रतियोगितामा सन्दिपको विकेट संख्या २४ पुगेको छ जुन क्रममा उनले मलेसिया र थाईल्याण्डसंग ५/५ विकेट, म्यानमार र सिंगापुरसंग ४/४ विकेट तथा भुटान र चिनसंग ३/३ विकेट लिएका छन्।

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाईल्याण्ड, चिन र भुटानलाई सजिलै पराजित गर्यो भने सिंगापुरले पनि सोहि टिमहरुलाई पराजित गरेको थियो।

सन् २०१४ पछि नेपालले पहिलो पटक कुनै प्रतियोगिताको उपाधि जितेको हो। यसै बर्ष फेब्रुवरीको डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित भएको थियो।

एशिया पूर्वी क्षेत्रबाट नेपाल, सिंगापुर र मलेसिया छनौट :

मलेसियामा सम्पन्न आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आयोजक मलेसिया टि-२० विश्वकपको दोस्रो चरणको एशिया छनौटका लागि छानिएका छन् । 

प्रतियोगितामा नेपाल पहिलो हुदै छ्नैएको छ भने सिंगापुर र आयोजक मलेसिया क्रमश दोश्रो र तेस्रो हुदै छानिएका छन्। यस प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने व्यवस्था अनुसार नेपाल, सिंगापुर र मलेसिया छानिएका हुन् । 

थाइल्याण्ड मलेसियासँग सामना ७ अंक भएपनि रनरेटका आधारमा छनौट हुन् असफल भएको छ भने भुटानले केबल २ खेलमा जित हासिल गर्दै ४ अंक लिएर पाचौ स्थानमा रह्यो भने म्यानमारले केबल एक खेल जितेर २ अंक हासिल गर्दै छैठौ स्थानमा रह्यो। चीनले भने सबै खेलमा हार बेहोर्दै बाहिरिएको छ।  

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । 

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै