• २०८१ बैशाख १३ बिहीबार

असफल रकेट प्रक्षेपणका बीच दुई अन्तरिक्षयात्री बाँच्न सफल 

kharibot

प्रक्षेपण गरिएको मानवसहितको रकेट सोयुज एमएस १० । तस्बिर : मिरर युके, X00499

काठमाडौं । दुई अन्तरिक्षयात्रीहरु ठूलो दुर्घटनाबाट बाँच्न सफल भएका छन् । बिहीबार मानवसहितको रकेट प्रक्षेपण असफल भए पनि अन्तरिक्षयात्रीहरु सकुशल अवतरित भएका हुन् । रुस र अमेरिकी दुई अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लैजाने क्रममा रुसको सोयुज रकेट सिष्टम असफल हुँदा दुई अन्तरिक्षयात्रीसहितको क्याप्सुल अन्तरिक्ष स्टेसनमा अवतरण हुन नसकेपछि पुनः पृथ्वीमै फोर्सल्यान्डिंग गरिएको थियो । 

रुसी अधिकारीहरुले असफल रकेट प्रक्षेपणबारे क्रिमिनल इन्भेष्टिगेसन (अपराध अनुसन्धान) सुरु गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्रीलाई पुर्याउन प्रक्षेपित सोयुज रकेट असफल भएपछि बिहीबार दुई अन्तरिक्षयात्रीलाई आकस्मिक अवतरण गराइएको थियो । 

के कारणले यसो भएको हो अध्ययन भइरहेको रोसकोस्मोसका निर्देशक दिमित्री रोगोजिनले उल्लेख गरेका छन् । उक्त रकेटमा नासाका अन्तरिक्षयात्री निक ह्यागु र रुसका कोस्मोनाउट एलेक्से ओभचिनिन रहेका थिए । उनीहरुलाई सकुशल अवतरण गराइएको थियो । 

रकेटको बुस्टरले काम नगर्दा यस्तो दुर्घटना भएको हो । कतिपयले यसलाई रुस र अमेरिकाबीचको अन्तरिक्ष होडबाजीका रुपमा समेत व्याख्या गरेका छन् । 

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)का अपरेसन इन्टिग्रेसन मेनेजर केनी टोडले रुसी अधिकारीहरुले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । केही दिनमै यसबारे विस्तृत रुपमा आउने उनले जानकारी दिएका छन् । 

उक्त रकेटले उक्त दुई अन्तरिक्षयात्रीलाई ६ महिना अन्तरिक्ष स्टेसनमा बस्ने गरी लगिरहेको भए पनि बीचैमा असफल भएको हो । 

अहिले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्री लैजान पूर्णतया रुसी सोयुज लञ्च सिष्टममा आश्रित रहेको छ । सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया हडपेपछि अमेरिका र रुसबीच राम्रो सम्बन्ध विकास भएको छैन भने अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भनी आरोपप्रत्यारोप भइरहे पनि अन्तरिक्ष अनुसन्धानमा भने रुसी र अमेरिकी अधिकारीहरु मिलेर काम गरिरहेका थिए । 

उक्त रकेट काजाखस्तानको वैकोनुर कोसोड्रोममा रहेको लन्चप्याडबाट बिहीबार प्रक्षेपण गरिएको जनाइएको छ । त्यसमा रुस र अमेरिकाका उक्त अन्तरिक्षयात्री रहेका थिए । 

तर गत अगष्टमा अन्तरिक्ष स्टेसनमा १ मिनेटसम्म प्रेसर लिक भएको थियो । उक्त लिक तत्कालै टालिएको थियो । 

नासा र रोसकोस्मोस दुवैले सर्च एण्ड रेस्क्यु टिम परिचालन गरेर रकेटका क्रु मेम्बरलाई काजाखस्तानमै प्यारासुटको सहायतामा अवतरण गराइएको एजेन्सीहरुले उल्लेख गरेका छन् । 
आफूहरु समेत रहेको क्याप्सुल अन्तरिक्ष स्टेसनमा पुग्न असफल रहेपछि ती अन्तरिक्षयात्रीहरुले आफूहरु जीवितै रहनु भाग्यमानी साबित भएको टिप्पणी गरेका छन् । त्यस्तै नासाले पनि दुवै अन्तरिक्षयात्रीको अवस्था सामान्य रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै