साउदी अरबमाथि ब्राजिलको सहज जित 

खरीबोट

काठमाडौँ।  ब्राजिलले मैत्रीपूर्ण खेलमा साउदी अरबमाथि सहज जित निकालेको छ।  गएराती भएको खेलमा ब्राजिलले साउदीमाथि २-० को जित निकालेको हो। 

ब्राजिलको जितमा म्यानचेस्टर सिटीका स्टार गार्बियल जिसस र एलेक्स सान्ड्रोले एक एक गोल गरेका थिए। जिससले खेलको ४३औ मिनेटमा गोल गर्दै ब्राजिलका लागि आफ्नो ११६ गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको आरोप लागेका जिससले विश्वकप पछि राष्ट्रिय टिममा आफ्नो योगदान गोल मार्फत गरेका छन्।  त्यसपछि दोस्रो गोल सान्ड्रोले खेलको अन्तिम मिनेटमा गोल थप्दै ब्राजिललाई २-० को जित दिलाएका थिए। ब्राजिलका लागि दुवै गोल नेइमारले असिस्ट गरेका थिए। 

खेलको ८५औ मिनेटमा साउदीका मोहमद अल ओविसले रातो कार्ड पाएर मैदान छोडेपछि साउदी १० खेलाडीमा सिमित भएको थियो। 

ब्राजिलले अब अर्को खेल आगामी मंगलबार अर्जेन्टिनासँग खेल्दै छ। 
 

सम्बन्धित समाचार

नेपालले चाईनिज ताईपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने 

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले चाईनिज ताईपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप मैत्रीपूर्ण पुर्ण खेलको आयोजना गरिएको अखिल

गोन्जालो हुगैनद्वारा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा  

काठमाडौँ । अर्जेन्टिनाका फरवार्ड गोन्जालो हुगैनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गत विश्वकपमा अर्जेन्टिनाको असफलतापछि टिममा नपरेका हुगैनले अब आफु अर्जेन्टिनाको लागि छनौटको लागि उपलब्ध नहुने बताउदै सन्यासको घोषणा

चेक रिपब्लिकविरुद्ध ब्राजिल विजयी, जिससले गरे दुई गोल 

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई पराजित गरेको छ । गयराती भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा ग्राबियल जिससले २ गोल गरेभने

मेसी बिना मोरक्कोविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित 

काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनेल मेसी अनुपस्थित रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मोरक्कोविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरको हो । अर्जेन्टिनाको


z