साउदी अरबमाथि ब्राजिलको सहज जित 

खरीबोट

काठमाडौँ।  ब्राजिलले मैत्रीपूर्ण खेलमा साउदी अरबमाथि सहज जित निकालेको छ।  गएराती भएको खेलमा ब्राजिलले साउदीमाथि २-० को जित निकालेको हो। 

ब्राजिलको जितमा म्यानचेस्टर सिटीका स्टार गार्बियल जिसस र एलेक्स सान्ड्रोले एक एक गोल गरेका थिए। जिससले खेलको ४३औ मिनेटमा गोल गर्दै ब्राजिलका लागि आफ्नो ११६ गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको आरोप लागेका जिससले विश्वकप पछि राष्ट्रिय टिममा आफ्नो योगदान गोल मार्फत गरेका छन्।  त्यसपछि दोस्रो गोल सान्ड्रोले खेलको अन्तिम मिनेटमा गोल थप्दै ब्राजिललाई २-० को जित दिलाएका थिए। ब्राजिलका लागि दुवै गोल नेइमारले असिस्ट गरेका थिए। 

खेलको ८५औ मिनेटमा साउदीका मोहमद अल ओविसले रातो कार्ड पाएर मैदान छोडेपछि साउदी १० खेलाडीमा सिमित भएको थियो। 

ब्राजिलले अब अर्को खेल आगामी मंगलबार अर्जेन्टिनासँग खेल्दै छ। 
 

सम्बन्धित समाचार

मैत्रीपूर्ण खेलमा ब्राजिलको होन्डुरसविरुद्ध आधा दर्जन गोल

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राजिलले होन्डुरसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा जब्रियल जिससले २ गोल

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसी र मार्टिनेजले गरे २-२ गोल 

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुवामाथि सहज जित हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुवालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । कोपा अमेरिका प्रतियोगिता अघि अर्जेन्टिनाले खेलेको

मैत्रीपूर्ण खेलमा नेपालले चाइनिज ताइपेईसँग बराबरी खेल्यो 

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेईसँग बराबरी खेलेको छ । नेपालले चाइनिज ताइपेविरुद्ध १-१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा गोल खाएको नेपालले दोस्रो हाफमा सन्तोष तामाङले हानेको

मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, लेमार र ग्रीजम्यानले गरे गोल

काठमाडौँ । फ्रान्सले मैत्रीपूर्ण खेलमा बोलिभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्स २-० गोल अन्तरले विजयी भएको हो । फ्रान्सको जितमा थोमास लेमार र एन्टोनी ग्रीजम्यानले एक एक गोल


z