• २०८१ बैशाख ७ शुक्रबार

साउदी अरबमाथि ब्राजिलको सहज जित 

kharibot

काठमाडौँ।  ब्राजिलले मैत्रीपूर्ण खेलमा साउदी अरबमाथि सहज जित निकालेको छ।  गएराती भएको खेलमा ब्राजिलले साउदीमाथि २-० को जित निकालेको हो। 

ब्राजिलको जितमा म्यानचेस्टर सिटीका स्टार गार्बियल जिसस र एलेक्स सान्ड्रोले एक एक गोल गरेका थिए। जिससले खेलको ४३औ मिनेटमा गोल गर्दै ब्राजिलका लागि आफ्नो ११६ गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको आरोप लागेका जिससले विश्वकप पछि राष्ट्रिय टिममा आफ्नो योगदान गोल मार्फत गरेका छन्।  त्यसपछि दोस्रो गोल सान्ड्रोले खेलको अन्तिम मिनेटमा गोल थप्दै ब्राजिललाई २-० को जित दिलाएका थिए। ब्राजिलका लागि दुवै गोल नेइमारले असिस्ट गरेका थिए। 

खेलको ८५औ मिनेटमा साउदीका मोहमद अल ओविसले रातो कार्ड पाएर मैदान छोडेपछि साउदी १० खेलाडीमा सिमित भएको थियो। 

ब्राजिलले अब अर्को खेल आगामी मंगलबार अर्जेन्टिनासँग खेल्दै छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै