• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तान प्रिमियर लिग खेल्न सन्दीप युएइतर्फ, पहिलो खेल आजै खेल्ने

kharibot

काठमाडौँ। टि-२० विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शनपछि नेपाली युवा बलर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग खेल्न युएइ तर्फ लागेका छन्।  

अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न शुक्रबार रातिनै युएई प्रस्थान गरिसकेका छन्। लिग अन्तर्गत सन्दीपले शनिबार कन्दाहर नाइटविरुद्धको खेल खेल्ने छन् । सन्दीपले अफगानी प्रिमियर लिगमा समुह चरणका तीन खेल खेल्ने पाउने छन्।  सन्दीपको टिममा भारतीय पुर्व बलर बेङ्कटेश प्रसाद कोच रहेका छन् भने अस्ट्रेलियाका बेन कटिंग कप्तान रहेका छन्। 

सन्दीपले नगरहरका ५ खेल गुमाएका छ्न् । नगहरले अहिलेसम्म प्रतियोगितामा ५ खेलमा २ मा जित र तीनमा हार सहित ४ अंक बटुल्दै लिगमा चौथो स्थानमा रहेको छ। 

५ अक्टोबरदेखि २३ अक्टोबरसम्म हुने यस प्रतियोगितामा कुल ५ वटा टिम काबुल जवान, बल्ख लिजेंड्स, कन्दहर नाइट, नगरहर लियोपार्ड र पक्तिया प्यान्थर्स टिमले भाग लिएका छन् । 

एशिया पूर्वी क्षेत्रको टि-२० विश्वकप छनौटमा च्याम्पियन बनेको नेपालका लागि सन्दीपले कुल २४ विकेट लिदै प्रतियोगिताको उत्कृस्ट बलर तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडीको पुरस्कार पाएका छन्। यस प्रतियोगितामा सन्दीपले यस अघि बसन्त रेग्मी र विनोद दासले राखेको २१ विकेटको रेकर्डलाई पछिपा पार्दै कुनै पनि प्रतियोगितामा नेपालबाट धेरै विकेट लिने खेलाडी पनि बनेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै