• २०८१ बैशाख ७ शुक्रबार

नवलपुरको स्थानीय तहमा नेकपा संयन्त्र

kharibot

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाका सबै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर संयन्त्र गठन गरिएको छ ।

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा आठ सदस्य र विनयी त्रिवेणी हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा छ सदस्य रहने गरी सो संयन्त्र गठन गरिएको र उक्त संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीको काम गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै नवलपुरमा साविक दुवै पार्टीको चलअचल सम्पत्ति, भौतिक सामग्री र हालसम्मको ऋणधन वासलात तयार गर्न कार्यालय सचिव र विष्णु लम्साललाई जिम्मेवारी दिइएको छ ।

पार्टी एकता टुङ्ग्याउनका लागि निर्माण गरिएको सो संयन्त्रका अनुसार कार्यालय व्यवस्थापनको जिम्मेवारी पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा अर्को व्यवस्था नहुँदासम्म प्रयोग गरिने भएको छ ।

यसैगरी पार्टी एकताको सन्देश प्रवाह र दशैँ, तिहार, छठ, लोसार, इद, क्रिसमसलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न असोज २९सम्म विभिन्न स्थामा कार्यक्रम गर्ने र असोज मसान्तभित्र नवलपुर जिल्लाको आठवटै स्थानीय तहमा पार्टी कार्यालय खोलिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै