• २०८१ बैशाख ८ शनिबार

भ्रष्टाचारको नियन्त्रण गर्दै सुशानको प्रत्याभूति गराइने : मन्त्री ज्ञवाली

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको बताएका छन् ।

प्रदेश नं ५ पत्रकार समाज, काठमाडौँले आज यहाँ आयोजना गरेको दशैं, तिहार, छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले भर्खरै अमेरिकामा सम्पन्न भएको सयुक्त राष्ट्र सङ्घको महासभामा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे चासो राख्दा नेपालको सम्बन्ध बढेको बताए ।

‘‘सयुक्त राष्ट्र सङ्घको महासभामा पनि सहभागी विदेशी राष्ट्र प्रमुख र कुटनीतिज्ञले आफै हामीसँग समय मागेर भेटघाट गर्नुभयो,‘‘उनले भने,‘‘जसले गर्दा नेपालको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा बढिरहेको छ ।’’

उनले चीन र भारतसँगको सम्बन्धलाई सरकारले थप राम्रो बनाएको भन्दै मित्रराष्ट्रसँग वर्षौदेखिको थाँती रहेका मुद्दा पनि सल्टाउन थालेको जानकारी गराए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग उत्तर–दक्षिण रेलमार्ग र भारतसँग कृषि, जल क्षेत्रमा सहकार्य गरेर मुलुकलाई विकाससँग जोड्न थालेको बताए । उनले सन् २०३० सम्म मुलुकको आर्थिक विकासमा समृद्धि ल्याई मध्यआय भएको देश बनाउन सरकार दृढरहेको बताए ।

उनले सरकारले ८ महिना संविधान कार्यन्वयनमा खर्चेको भन्दै अब भ्रष्टाचारको नियन्त्रण गदै सुशासनको प्रत्याभूति हुने किसिमले काम गर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय समाचारको विश्वसनियता माथि प्रश्न उठिरहेको भन्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण नभई मर्यादित बनाउनका लागि नयाँ कानून ल्याइएको स्पष्ट पारे ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीबी र बेरोजगार अन्त्य नगरेसम्म मुलुक समृद्धिमा नजाने बताए ।

उनले नेपालमा भएका प्राकृतिक स्रोत र युवा जनशक्तिलाई परिचालन गरेर गरीबी र बेरोजगार अन्त्य गर्न सकिने उल्लेख गरे ।

समाजका संयोजक सङ्गम महतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ पत्रकार भुवन भट्ट लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै