• २०८१ बैशाख १२ बुधबार

उत्तर भारतको अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक म्याक्स हेल्थकेयरको केन्द्र काठमाडौँमा 

kharibot

काठमाडौं। म्याक्स हेल्थकेयर, उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक संस्थाले आज एक समारोहबीच काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको छ । 

यसबाट केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र उजवेकिस्तान पछि नेपालमा पनि म्याक्स हेल्थकेयर विरामी सहायता केन्द्रको अन्तर्राष्ट्रिय क्षेत्रको एक स्थल बनेको छ । नेपालका विरामीहरुका लागि सबैभन्दा ठूलो फाइदा भनेकै उनीहरुलाई भारतमा जचाँउन जान भिसाको प्रावधान नरहनु हो ।

नेपालले बढ्दो रोगहरुको दवाबको सामना गर्न परिरहेको छ । हुन त, स्वास्थ्योपचार क्षेत्रमानिजि हस्पिटलहरु र डायग्नोस्टिक केन्द्रहरुको संख्यात्मक वृद्धि भएको नभएको पन होइन तर यी स्वास्थ्योपचार केन्द्रहरु खास गरेर प्रमुखशहरहरु केन्द्रित छन् भनेंं थोरै संख्यामामात्र ग्रामीण भेगको पहुँचमा रहेकोे पाइन्छ ।

बितेका दशकहरुमा, भारत नेपालको स्वास्थ्योपचारको आवश्यकताहरुलाई सम्बोधन गर्ने एक बलियो सहकर्मी बन्दै आएको छ । हामीले म्याक्स हेल्थकेयरमा नेपालबाट मात्रै वर्षेनी सयौं विरामीहरुलाई स्वास्थ्य सेवाप्रदान गर्ने गरेका छौं । यो नयाँविरामी सहायता केन्द्र, म्याक्स हेल्थकेयरले विश्वभरका विरामीहरुलाई विश्वस्तरीय स्वास्थ्यउपचार सेवा गर्न गरेको प्रतिबद्धताकै एक बिम्बहो ।

विरामी सहायता केन्दको शुभारम्भसँगैं म्याक्स हेल्थकेयर, नयाँदिल्लीद्वारा उपलब्ध गराइरहेको विश्वस्तरीय स्वास्थ्य उपचार सेवामा नेपालका जनताहरुको पनि पहुँच पुग्नेछ । विरामीहरुले टाढै बसेर टेलि–परामर्शको मद्दतले सम्भावित जिज्ञासाहरुको समाधानप्राप्त गर्न समर्थ हुनेछन् । यस विरामी सहायता केन्द्रले नेपालमा म्याक्स हेल्थ केयरका डक्टरहरुद्वारा शल्यक्रियासम्बन्धी सुविधा पनि प्रदान गर्नेछ र म्याक्स हेल्थकेयरमा उपचार गराई फर्किएका नेपाली विरामीहरुलाई फलो–अप उपचार सेवापनि उपलब्ध गराउनेछ ।

हाम्रो सहायता केन्द्र काठमाडौं र वरपर भेगका जनताहरुका लागि उत्कृष्ट स्वास्थ्योपचार सेवा उपलब्ध गराउने एक विरामी–केन्द्रित कदम हो । यो एकल केन्द्रबाट म्याक्स हेल्थकेयरका सेवाहरु र उपचारहरुका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिनेछ भनें साथ साथै म्याक्स हस्पिटल, भारतमा रहेका विशेषज्ञ डक्टरहरुद्वारा प्रारम्भिक चरणको दूर परामर्श सेवापनि उपलध गराइने छ । केन्द्रको संचालन नै विरामीहरुको रोगको शुरुवाती अवस्थाको पहिचान गर्ने र व्यक्तिगत उपचार एवं सहायता दिने गरी गरिएको छ ।

'हामीले  प्रत्येक महिना ४० जना विरामीहरुलाई नजिकबाट हेरिरहेका छौं, यी विरामीहरुमा कम उमेरकादेखि लिएर  पाका उमेर समुहसम्मका रहेका छन्, जो ह्रृदय रोगहरुसँग सम्बन्धित हुने गरेका छन् । हामी हरेक महिना प्रायः ७०–८०जना विरामीहरुले सेवा लिने अपेक्षा गरिरहेका छौं र हामीलाई विश्वास छ कि सबै नागरिक हाम्रो यो कदमबाट लाभान्वीत हुनेछन् । हाम्रो लक्ष्य भनेको स्थानीय स्वास्थ्योपचार सेवाप्रदायकहरु बिएनबि हस्पिटल, स्टार हस्पिटल, मेडिसिटी, आदिसँग नजिकमा रहेर काम गर्ने अनिक्लिनिसियनहरु र नर्सिङ स्टाफहरुको एक कार्यदल खडा गर्ने रहेको छ । एकीकृत कार्यक्रमअन्तर्गत डक्टर र स्टाफ प्रशिक्षण कार्यक्रमहरु, म्याक्स हेल्थकेयरका विज्ञहरुबाट स्थलगत परामर्शहरु र प्रक्रियाहरु एवं हस्पिटल व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने रहेका छन् ।सिटिभिएस दिल्ली एण्ड एनसिआर, कार्डियाक साइन्स–कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी, म्याक्स सुपर स्पेसियालिटी हस्पिटल, साकेतकासिनियर डाइरेक्टर डाक्टर रजनीस मल्होत्राले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने। 

म यो अवसरमा हाम्रा सहकर्मीहरु, जसको साथ सहयोग बिना नेपालमा यो हेल्थकेयर कार्यक्रम संचालन गर्न सम्भव थिएन, वहाँहरुले पुरयाउनु भएको अमुल्य सहयोगको लागिहार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । हामीविश्वस्त छौं कि हामीहरुको संयुक्त कार्यले सबैका लागि उत्कृष्ट स्वास्थ्योपचार सेवा उपलब्ध गराउन एक नयाँअध्यायको थालनी हुनेछ । साथै म सम्पूर्ण म्याक्स हेल्थेकयर टिम प्रति पनि यस गरिमामय अवसरमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, जसको गहिरो क्षमताबाट विरामी केन्द्रित केयरको निरन्तर संचालन गर्न हामी समर्थ भएका छौं । म पूर्णतया आशावादी छु कि, हामी जुन दूरदृष्टिप्रति प्रतिबद्ध छौं र हामी जुन यात्रामा बढेका छौं, यो भोलिका दिनहरुमा अझ मजबुत र उत्कृष्ट बन्दै जानेछन् । म्याक्स हेल्थकेयर, सेल्स एण्ड मार्केटिङका सिनियर डाइरेक्टर अनास अब्दुलवाजिदले मन्तव्य राख्दै भने ।

म्याक्स हेल्थकेयरले उत्तर भारतको १२ स्थानहरुमा ३० वटाभन्दा बढी मेडिकल तहहरु संचालनगर्दछ । यसमध्ये दिल्ली र एनसिआरमा ९ वटा छन् भनें बाँकीअन्य मोहाली, बथिण्डा र देहरादुनमा रहेका छन् ।

म्याक्स सन्जालअन्तर्गत अत्याधुनिक प्रविधिका तृतीय श्रेणीका उपचार हस्पिटलहरु साकेत, पत्परगञ्ज, शालिमार बाग, मोहाली, बथिण्डा र देहरादुनमा, द्वितीयश्रेणीका उपचार हस्पिटलहरु गुरगाँव,पिताम्पुरा, नोयडा र ग्रेटर नोयडामा र बाहिरी विरामीजाँच सुविधातथा विशिष्ट केन्द्र पञ्चशीलपार्कमा रहेका छन् । मोहाली र बथिण्डामा पञ्जाब सरकारसँग मिलेर पिपिपिव्यवस्थापनअन्तर्गत सुपर विशिष्ट हस्पिटलहरु संचालित छन् ।

म्याक्स हेल्थकेयरको सञ्जालमा रहेका १२ वटा हस्पिटलहरुसँग २,२०० डाक्टरहरु, ९,३०० कामदारहरुको संलग्नता छ भनें ८० भन्दा बढी राष्ट्रका २५ लाखविरामीहरुले उपचार गराएको रेकर्ड छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै