क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिइदै, बोर्ड बैठक बोलाइयो 

खरीबोट

काठमाडौँ। झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । 

निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । 

कात्तिक १० गते क्यानको बैठक बोलाएको छ । सोही बैठकले कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्ने क्यानका उपाध्यक्ष दिवाकर घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘झन्डै साढे दुई वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ 

उपाध्यक्ष घलेका अनुसार मुद्दा फिर्ताको कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न आगामी कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाइएको छ । 

विज्ञप्तिमा भनिएको छ “नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधैं जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेका छौंँ, हामी शुरुवातबाट नै आइसिसीले गठन गरेको सल्लाहकार समूह र मनिटरिङ कमिटीमा सहभागी भएर मात्रै नभई आइसिसी र अन्य सरोकारवालाले भने झै परिमार्जित विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रक्रियामा सहयोग गरिरहेका छौँ ।” 

विज्ञप्तिमा आफूहरुको जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो विधानलाई संशोधन गरी संशोधित विधानअनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भइसकेको र हाल परिमार्जित बिधानअनुसार गठन भएको पाँच सदस्यीय मनिटरिङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको जनाइएको छ । 

यसअघि २०७२ मङ्सिरमा भएको क्यानको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएपछि क्रिकेटमा विवाद शुरु भएको थियो । 

परिषदले निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेको थियो । त्यसपछि निर्वाचित समितिले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि तदर्थ समितिले काम गर्न पाएको थिएन । 

यसैबीच आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ वैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ । २०७२ मा सर्वोच्च अदालतमा दायर मुद्दा भने अहिले पनि विचारधीन छ । 

सम्बन्धित समाचार

नेपाली क्रिकेट फ्यानहरुसँग माफी चाहान्छु – कप्तान पारस

काठमाडौँ । आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले माफी मागेका छन् । खेलपछि कुरा गर्दै कप्तान पारसले छनौट प्रतियोगितामा आफुहरु

टी-२० विश्वकपको एशिया छनौटको तयारीमा व्यस्त नेपाली टिम (फोटो फिचर)

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि नेपाली राष्ट्रिय टिम अहिले मलेसियामा रहेको छ । नेपाली टिम जुलाई २० मा सिंगापुरतर्फ जाने तालिका

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदको पहलमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यसअघि नेपाली टोलीको

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर  

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको पहिलो ड्राफ्टमा चार नेपाली खेलाडी समावेश भएका छन् । यहि मे २२ मा लन्डनमा हुने खेलाडीको अक्सनका लागि नेपालका चार खेलाडी सन्दीप लामिछाने, दिपेन्द्र


z