गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स ! 

खरीबोट

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो ।

उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेले समाचार लेखेको छ । सो क्रममा आफ्नी श्रीमतीको काखमा एक अपरिचित पुरुष टाउको शिरानी हालेर बेन्चमा पल्टिरहेको तस्बिर फेला परेको थियो । 

सुरुमा ती पुरुषले श्रीमतीको कपडाबाट पहिचान गरेका थिए । स्थानीय मिडियाहरुका अनुसार गुगल क्यामरा कारले लिएको उक्त तस्बिर सन् २०१३ को भए पनि ती मानिसले भने सोही गुगल स्ट्रिट भ्यु तस्बिरलाई प्रमाण भन्दै र्याखर्याख्ती पारेको बुझिएको छ । 

उक्त जोडीको नाम गोप्य राखिएको छ । पछि ती पुरुषले श्रीमतीले अरु सम्बन्ध स्वीकारेसँगै डिभोर्स गरेको बताइएको छ । उनी सहरको पुएन्टे डी लोस सस्पाइरस डी बारेन्को ब्रिज अफ साइ अफ राभाइननजिकै बेन्चमा आफ्नो प्रेमीसँग बसेकी थिइन् । 

ती पुरुषले केही पहिले मात्रै उक्त तस्बिर फेसबुकमार्फत सेयर गरेका थिए । सो लगत्तै यसको चर्चा चुलिएको थियो । 

गुगल स्ट्रिट भ्यु अनलाइन रिसोर्स र गुगल म्यापले यसअघि पनि अनौठा अनौठा तस्बिरहरु खिचेर चर्चामा आएको थियो । 

मेट्रो युकेबाट । 

सम्बन्धित समाचार

गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स ! 

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो । उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको

अर्जुन रामपाल र मेहरले अन्तत: डिभोर्स गर्दै, २० बर्षे वैवाहिक सम्बन्ध टुंगियो    

मुम्बई । बलिवुडमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्सका खबर सामान्य हुन् थालेका छन् ।  ऋतिक रोशन, फराहन अख्तर, हिमेस रेशमिया, करिश्मा कपुर जस्ता अभिनेता अभिनेत्रीको डिभोर्सपछि अब अभिनेता अर्जुन रामपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरले गरे श्रीमतीसँग डिभोर्स 

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नी श्रीमती भेनेसा ट्रम्पसँग डिभोर्स गर्ने भएका छन् ।  सिएनएनका अनुसार आफ्नो १२ बर्षे वैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गर्दै दुवैले

श्रीमतीलाई लिफ्ट दिएबापत पैसा असुल्ने पति ! पत्नीले मागिन् डिभोर्स 

दुवई । एक महिलाले आफूलाई लिफ्ट दिएबापत पटकैपिच्छे सय पाउण्ड अर्थात् झण्डै १५ हजार नेपाली रुपैयाँ माग्ने श्रीमानसँग डिभोर्स गर्न अदालतमा निवेदन दिएकी छिन् । पहिचान लुकाइएको उक्त महिलाले अन्य काम


z