• २०८१ बैशाख ४ मंगलबार

गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स ! 

kharibot

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो ।

उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेले समाचार लेखेको छ । सो क्रममा आफ्नी श्रीमतीको काखमा एक अपरिचित पुरुष टाउको शिरानी हालेर बेन्चमा पल्टिरहेको तस्बिर फेला परेको थियो । 

सुरुमा ती पुरुषले श्रीमतीको कपडाबाट पहिचान गरेका थिए । स्थानीय मिडियाहरुका अनुसार गुगल क्यामरा कारले लिएको उक्त तस्बिर सन् २०१३ को भए पनि ती मानिसले भने सोही गुगल स्ट्रिट भ्यु तस्बिरलाई प्रमाण भन्दै र्याखर्याख्ती पारेको बुझिएको छ । 

उक्त जोडीको नाम गोप्य राखिएको छ । पछि ती पुरुषले श्रीमतीले अरु सम्बन्ध स्वीकारेसँगै डिभोर्स गरेको बताइएको छ । उनी सहरको पुएन्टे डी लोस सस्पाइरस डी बारेन्को ब्रिज अफ साइ अफ राभाइननजिकै बेन्चमा आफ्नो प्रेमीसँग बसेकी थिइन् । 

ती पुरुषले केही पहिले मात्रै उक्त तस्बिर फेसबुकमार्फत सेयर गरेका थिए । सो लगत्तै यसको चर्चा चुलिएको थियो । 

गुगल स्ट्रिट भ्यु अनलाइन रिसोर्स र गुगल म्यापले यसअघि पनि अनौठा अनौठा तस्बिरहरु खिचेर चर्चामा आएको थियो । 

मेट्रो युकेबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै